ज्ञान उदास
१)
जीवनमा निरास नहुनू ,हरेस पनि नखानू
जीवनमा निसाफ नछोड्नू बेहिसाब पनि नगर्नू
कमसेकम मानवताको परिभाषा बुझौं
जीवनमा सुवास दिनू, कुवास कहिल्यै नदिनू ।
२)
जीवनलाई धेरै प्रचार पनि नगर्नू
जीवनलाई धेरै बिचार पनि नगर्नू
जीवनलाई चिन्ने कोशिस मात्र गरौं
जीवनलाई धेरै आकार पनि नदिनू !
३)
जीवनलाई धेरै नकोट्याउनु पनि
जीवनलाई धेरै नछोट्याउनु पनि
जीवनको रमझम एकचोटीको मात्र हो
जीवनलाई धेरै नहोच्याउनु पनि !
०००
कवि परिचयः ज्ञान उदास चैनपुर, सँखुवासभामा जन्मेका हुन् र हाल काठमाडौंमा बसोवास गर्छन् । उनले धरानबाट प्रकाशित हुने “नेपाल” पतरिकामा “आमासित” कविता बिसं २०१८ सालमा प्रकाशन गरेसँगै लेखन यात्राको थालनी गरेका हुन् । उनका कुन बेस ?(२०१९), हामी बस पर्खिरहेका छौं – बस् ! (२०२८),४ ज्ञान उदासका कविता (२०७१), मेरो हराएको कविता (२०७३) कविता सङ्ग्रहहरु, मनका कुराहरू – (गीत ,गजल ,टुक्राटाक्री)२०५८, खाली सारंगी (हाइकु) २०७४ तथा यस्तो लाग्छ (मुक्तक) २०७४ लगायतका कृतिहरु प्रकाशित छन् ।