भूगोल साहित्य समाजको वार्षिकोत्सवमा पहाडी पुरस्कृत

मुख्य समाचार

६ असोज २०८०, काठमाडौं

भूगोल साहित्य समाज,काठमाडौंको चौथो वार्षिकोत्सव तथा साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।

वार्षिकोत्सवको अवसरमा साहित्यकार ओम आचार्यद्वारा आफ्ना जेठा ठूलो बुबा तथा ठूली आमाको स्मृतिमा स्थापना गरिएको नगद रू २५०२५/- को झगु-लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार साहित्यकार रामबहादुर पहाडीलाई प्रदान गरियो। पुरस्कार प्रमुख अतिथि कवि वियोगी बुढाथोकीले समर्पण गरे ।
समारोहमा समाजका उपाध्यक्ष दिनेश विक्रम थापाले पुरस्कृत स्रष्टा पहाडीको जीवनीमाथि प्रकाश पारेका थिए तथा साहित्यकार हिरण्यकुमारी पाठक तथा सुशील श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सो अवसरमा कविहरु शैलेन्द्रकुमार शाह,कणाद महर्षि,बुध्दिराज पाण्डे,भाग्यशाली अधिकारी,सुभाषचन्द्र पौडेल,प्रकाश घायल,कात्यायन,मित्रलाल पंगेनी,त्रिलोचन आचार्य,बद्री उप्रेती,मुकुन्द पौडेल,एच के धिताल,गायत्रीकुमार चापागाई,माधव बिंडारी,महेश रिजाल आदि कविहरूले कविता वाचन गरेका थिए।
कार्यक्रम भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा सम्पन्न भएको थियो । साथै रामप्रसाद पन्त,हिरण्य कुमारी पाठक,विजयध्वज थापा,युवराज मैनाली,ममता मृदुल कार्यक्रममा अतिथिका रुपमा रहेका थिए ।
कार्यक्रम सञ्चालन शैलेन्द्रकुमार शाहले गरेका थिए ।

(सुभाषचन्द्र पौडेल,काठमाडौंको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *