‘शारदीय काव्य उत्सव-२०८१’सम्पन्न

मुख्य समाचार

१७ असोज २०८१, काठमाडौं

त्रिशूली वाङ्मय प्रतिष्ठानले कौशला लामिछाने स्मृति कोषसँगको सहकार्यमा ‘शारदीय काव्य उत्सव-२०८१’सम्पन्न गरेको छ ।
त्रिशूली वाङ्मय प्रतिष्ठानका महासचिव राजेन्द्र घिमिरे ‘सागर’ को स्वागत मन्तव्यबाट प्रारम्भ भएको सो कार्यक्रममा रूवी सत्याल , तुलसी ‘स्पन्दन’, रेणु अधिकारी ‘मौनता’, सकस नायक ,दिलकुमारी डङ्गोल ,माधव घिमिरे ‘अटल’, राजेन्द्र प्रसाद भट्ट ,अलका मल्ल उर्मिला कोइराला ,विष्णु सापकोटा, अन्जना पौडेल ,हरिकृष्ण धिताल ,सङ्गीता गुरुङ,पूजन मिश्र ,छविरमण सिलवाल ,सुनिल अधिकारी ,गणेशबाबु अधिकारी, निलाञ्जला भारद्वाज ,कल्पना भुसाल ‘कल्पित’,प्रतिरोध कार्की,बोधराज पौडेल ,सुशीला पौडेल ,भक्तबहादुर पण्डित र शिवप्रसाद आचार्यबाट कविता ,गजल ,मुक्तकलगायतका रचनाहरू प्रस्तुत गरेका थिए ।
सो समारोहमा कौशला लामिछानेको पछिल्लो गजल कृति सार्वजनिक गरिएको थियो तथा बिमोचित कृतिमाथि प्रभाती किरणबाट समीक्षात्मक मन्तव्य ब्यक्त गरिएको थियो ।
वरिष्ठ संस्कृतिविद् ,नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राज्ञ प्रा. डा. जगमान गुरुङको प्रमुख आतिथ्य र वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठ, कौशला लामिछाने स्मृती कोषका अध्यक्ष ,त्रिशूली वाङ्मय प्रतिष्ठानका सँस्थापक एवं पूर्व अध्यक्ष श्रीहरि फुयाँल , पर्यटन व्यवसायी एवं ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का नव निर्वाचित अध्यक्ष सागर पाण्डेको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा धन्यवाद ज्ञापन संस्थाका उपाध्यक्ष राजेन्द्रमान डङ्गोलबाट गरिएको थियो |
संस्थाका सचिव लक्ष्मी रुम्बाबाट सञ्चालित समरोहमा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो |

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *