१० असार, २०८० असार
धनगढीस्थित कैलाली जनपुस्तकालयद्वारा संचालित जसुन्धरा राष्ट्रिय छन्द पुरस्कार पोखरेली स्रष्टा एवम् छन्द बचाऊँ अभियान-२०५३ का संचालक छन्दनायक माधव वियोगीलाई प्रदान गर्ने निर्णय भएको छ ।
यो पुरस्कार असार २९ गते भानु जयन्तीका दिन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने छ ।
कैलाली जनपुस्तकालयका अध्यक्ष एवम् सुदूर पश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएनलप्राप्त डा. टिएन जोशीको अध्यक्षतामा शनिबार बसेको बैठकले सो निर्णय गरेको हो ।
छन्दनायक वियोगीका ८ महाकाव्यसहित ३३ ओटा काव्यकृति प्रकाशित छन् । उनी छन्द विश्वविद्यालय स्थापनार्थ समेत क्रियाशील छन् ।