कथासंग्रह शब्द समय एक पाठकीय दृष्टिकोणमा

गद्य विविध पुस्तक समीक्षा

भाष्कर मैनाली शर्मा, दार्जिलिङ

शब्द समय कथासंग्रह यही वर्ष २०२६ को जनवरी महिनामा पहिलो चोटी प्रकाशित भएको हो। यस कथासंग्रह कुनै एक लेखक वा कथाकारले मात्रै लेखेको कथासंग्रह होइन तर धेरै कथाकार हरुको कथाहरूको संगालो यस शब्द समय कथासंग्रह हो। यस सङ्ग्रहमा जम्मा ४१ वटा कथाहरूको रहेको छ र यि ४१ वटा कथाहरूको लेखकहरु पनि मात्रै एकै जाना रहेको छैन तर बेग्ला बेग्लै स्रष्टाहरू रहेको छ। शब्द समय सिलिगुडी स्थित सालबारि को एउटा साहित्यिक संस्था हो र यस संस्थाले मासिक रूपमा महिनाको अन्तिम शनिबारको दिन साहित्यिक गोष्ठीको आयोजना गर्ने गर्छ।यसमा अधिकांश स्रष्टाहरुले कविता, कथा, लघु कथा नाटक वा अन्य साहित्यिक विधाहरूको वाचन गर्ने गर्छन्। यस शब्द समय सालबारीले साहित्यिक विधामा कलम चलाउँदै गरेको स्रष्टाहरूलाई पनि साहित्यिक विधामा अघि बढ्ने स्रष्टाहरूलाई एउटा राम्रो ठाउँ दिएको छ। यस सङ्गै शब्द समय सालबारिमा भारतीय नेपाली साहित्यका विशेष विशेष स्रष्टाहरुको पनि उपस्थिति हुने गर्दछ जस्तै ज्ञानेन्द्र खतिवडा, मोहन ठकुरी, मोनिका प्रधान, कालुसिह रणपहेली, कृष्ण प्रधान ( अर्पण), सरण शरद, बबिता मादेन, निरा सुब्बा नेचाली नोर्जाङ स्याङ्ग्देन्, जीत सुनार, टंक शर्मा र कुनै समय अहिले स्वर्गीय भएका वरिष्ट साहित्यकार नरबहादुर दाहाल, प्रकाश सिंह गहतराज र एडोन रोङ्गोङ् जस्ता साहित्यकारहरूको पनि शब्द समयमा उपस्थिति हुने गर्थिए। शब्द समयको १५०औ प्रकरणमा यस कथा संग्रह “शब्द समय” विमोचित भएको थियो।यस शब्द समयको मूल सम्पादकहरु ज्ञानेन्द्र खतिवडा र मोहन ठकुरी रहेका छन्।
यस सङ्ग्रहमा एउटै प्रकारको कथा रहेको छैन तर यहाँ सबै कथाहरू बेग्ला बेग्लै रहेको छ। विशेष गरी भारतीय नेपाली साहित्यमा नै यस कथासंग्रह केन्द्रित रहेपनि यस संग्रहको ३ वटा कथाहरू छिमेकी मुलुक नेपालका स्रष्टाहरुले लेखेका छन्। यस सङ्ग्रहमा रहेका कथाहरू नैतिक, औपदेशीक, धार्मिक,राजनीतिक घटनाहरुमा केन्द्रित, सामाजिक विकृति को विरुद्ध, प्रेम केन्द्रित, दाम्पत्य जीवन जस्ता विषयहरूमा यस सङ्ग्रहमा रहेका कथाहरू छन्। यस सङ्ग्रहमा कथा विधामा जीवनमा पहिलो पटक कलम चलाउने स्रष्टाहरू पनि रहेका छन् र उनीहरूले पनि एकदमै राम्रो कथाहरू लेखेका छन् जीवनमा पहिलो चोटी कथा विधामा कलम चलाए पनि उनीहरूले लेखेका कथाहरू एकदमै उत्कृष्ट रहेको छ। डाक्टर पद्मश्री लक्ष्मी देवान, कविता शर्मा, टंक शर्मा र अन्य स्रष्टाहरुको यस संग्रहमा लेखेको कथा उनीहरूको जीवनको पहिलो कथा रहेको छ। यस सङ्गै मूल रूपमा अन्य साहित्यिक विधाहरूमा कलम चलाइरहेका स्रष्टाहरुले पनि यश्चोटी कथा विधामा कलम चलाएका छन् जस्तै नोर्जाङ स्याङ्ग्देन मूल रूपमा कविको रूपमा परिचित भएपनि उनले यसचोटी कथा विधामा कलम चलाएका छन्, यस सङ्गै सञ्जय बान्तवा राजा पुन्यानि, नोरा सुब्बा नेचाली जस्ता कविहरूले पनि यस समय कथा विधामा कलम चलाएका छन्। यस सङ्गै लेखिका बबिता मादेन ज्यू जसले साहित्यको अन्य विधाहरूमा विशेष गरी गैर आख्यान विधाहरूमा कलम चलाएको देखिए पनि यस चोटी उनले कथा विधामा कलम चलाएका छन्। यसरी हेर्दा यस सङ्ग्रहमा धेरै कलमकारहरुले पहिलो चोटी वा विरलै कथा विधामा कलम चलाएको देख्दा यस कथा संग्रहले धेरै स्रष्टाहरूलाई कथा लेख्नमा थप प्रोत्सान दिएको छ। यस सङ्ग्रहमा वरिष्ट कथाहरू जसले कथा विधामा आफ्नो छुट्टै नाम बनाइसकेका छन् त्यस्ता कथकरहरुले पनि यस सङ्ग्रहमा धेरै राम्रा राम्रा कथाहरू लेखेका छन् जस्तै मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, जीत सुनार,सरण शरद, मोनिका प्रधान, कालुसिंह रणपहेलि जस्ता स्थापित कथाकारको कथा पनि यस सङ्ग्रहमा रहेको छ।

०००