‘तेस्रो आयाम र वैरागी काइँला’ लोकार्पित

समाचार

२७ श्रावण २०८२, काठमाडौं

पैरवी बुक्स हाउसको आयोजनामा वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलविक्रम नेम्वाङ)को ८७औं जन्मदिनको अवसर पारेर कृष्ण धरावासीको तेस्रो आयाम र वैरागी काइँला नामक कृति लोकार्पण गरिएको छ ।
कार्यक्रमका वक्ताहरूले आयामेली आन्दोलनदेखि लीला लेखनसम्मका विषयमा चर्चा गर्दै कविलाई अशेष मल्ल र महेश पौडेलले गहन विश्लेषण गर्दै आयामेली आन्दोलनले कविता सिर्जनालाई नयाँ मोड दिएको विचार प्रकट गरे ।
सो अवसरमा शुभकामना दिनेक्रममा वरिष्ठ कवि काइँलाको योगदान र आयामेली आन्दोलनवारे संक्षिप्त मन्तव्य राख्नेहरूमा सांसद उर्मिला थेवे नेम्वाङ, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगा उप्रेती, पूर्वउपकुलपति विष्णुविभू घिमिरे, पूर्वसदस्य सचिव डा.तुलसीप्रसाद भट्टराई, प्राडा.कुमारप्रसाद कोइराला, नेपाली लेखक संघका केन्द्रीय सभापति साहित्यकार वियोगी बुढाथोकी, वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी, साहित्यकार तथा वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहाल थिए ।
पैरवी बुक्स हाउसका चन्द्र सिवाकोटीको अध्यक्षतामा सम्पन्न सो कायक्रममा कृतिका लेखक कृष्ण धरावासीले आयामेली आन्दोलन लेखनको प्रसंगसहित नेपाली साहित्यमा वैरागी काइँलाको विशिष्ट स्थान रहेको विचार प्रकट गरे । सो अवसरमा वरिष्ठ कवि वैरागी काइँलालाई विभिन्न साहित्यिक संस्थाहरूले सम्मानसमेत प्रकट गरेका थिए ।