“चिन्ता र चासो” तथा “स्वाभिमानको तस्वीर” परिचर्चा सम्पन्न

समाचार

२३साउन २०८०, काठमाडौं

लेखिका रत्नलक्ष्मी श्रेष्ठका कृतिहरू “चिन्ता र चासो” लेखसङ्ग्रह तथा “स्वाभिमानको तस्वीर” कवितासङ्ग्रहको परिचर्चा कार्यक्रम काठमाडौंमा सम्पन्न भयो ।

परचर्चा कार्यक्रममा प्रमोद प्रधान, डा. गोविन्दमानसिंह कार्की, डा. गीता शिवाकोटी खरेल, डा. शान्तिमाया गिरी, मन्जिला अनिल लगायतले किताव तथा लेखिकाको विषयमा चर्चा गरेका थिए । कार्यक्रममा कलाकार मदनदास श्रेष्ठ, पुस्तकका सम्पादक डा. मधुसूदन लामिछाने र राजेश श्रेष्ठले शुभकामना मन्तब्य दिएका थिए ।
लेखिका रत्न लक्ष्मीले समेत आफ्नो लेखन र भविष्यको लेखन योजना बताएकी थिईन् ।
इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी.को प्रमुख अतिथ्यमा सम्पन्न सो कार्यक्रममा उनले हामीले गीताका अभिव्यक्त विचारहरू आफ्नो आवश्यकताअनुसार मात्र प्रयोग गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गर्दै समग्र गीताको गम्भीर अध्ययन गर्नुपर्ने बताए ।
श्रीबाबु कार्कीले संचालन गरेको उक्त कार्यक्रममा संघका सचिव नीता श्रेष्ठले स्वागत भाषण गरेकी थिइन भने मुरारि सिग्देलले “स्वाभिमानको तस्वीर” कविताकृतिबाट एक कविता वाचन गरेका थिए ।
कार्यक्रम साहित्यिक पत्रकार सङ्घको आयोजनामा सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *