३१ साउन २०८२, काठमाडौं
भक्तपुर साहित्यिक समाजको नियमित घुमन्ते साहित्यिक शृङ्खलाको ७८औँ संस्करण गाईजात्रा विशेषकानरुपमा दिन सम्पन्न भएको छ।
भसाजको साहित्यिक कार्यक्रमको सभापतिमा दिवङ्गत साहित्यकारको तस्बिर राखेर शुरु गरिने परम्परा अनुसार आज भएको कार्यक्रममा हास्यव्यङ्ग्य शिखर पुरुष भैरव अर्यालको तस्बिर राखिएको थियो।
कार्यक्रमको शुभारम्भ भसाजका अध्यक्ष राजुराम मुनकर्मीले पानशमा बत्ती बालेर गरेका थिए भने भसाजका सचिव पुरुषोत्तम प्रजापतिले अर्यालको जीवनी बारेमा संक्षेपमा प्रकाश पार्दै अर्यालका रचना वाचन गरेर सुनाएका थिए।
सूर्यदीप स्कुलका प्रधानाध्यापक लक्ष्मीप्रसाद प्रजापतिले अर्यालको तस्बिरमा माल्यार्पण गरेका थिए
समाजका अध्यक्ष राजुराम मुनकर्मीको सक्रियतामा भएको सो कार्यक्रममा २६ जना साहित्यकारहरूले आ-आफ्ना रचना वाचन गरेर कार्यक्रमलाई साहित्यमय बनाएका थिए। कार्यक्रममा साहित्यकारहरू नारायण तिवारी,कृष्ण बाउसे, सुभाषचन्द्र पौडेल’भीमफेदीया’,ललिता दोषी,विनोद खड्का, सुशीला प्रधानाङ्ग,राजेशमान केसी,माणिकबाबु ग्वंग,विश्व बहादुर दुवाल,सुरेश राजभण्डारी,कविन्द्रलाल प्रधान,मोहन भुजेल,राजेन्द्र चित्रकार,राजन कार्की,पवित्रा दाहाल,ईश्वर थोकर,श्याम माकजु,बिनुबाबा घिमिरे,सुदीप हाडा,गुहेश्वरी प्रधान शाक्य,डा.राजेन्द्र कोजू,मिमला शर्मा,राजुराम मुनकर्मी लगायत स्कुलका छात्रछात्रा स्वस्तिका खड्का,करिश्मा पौडेल तथा सक्षम नेपालले रचना वाचन गरेर सुनाएका थिए।
सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै भसाजका अध्यक्ष राजुराम मुनकर्मीले समाजको गतिविधिका बारेमा संक्षेपमा प्रकाश पारेका थिए।
सचन्द मल्लले थरीथरीका बाँसुरी बजाएर विभिन्न मीठो धुन सुनाएका थिए।
सो अवसरमा स्कुल शिक्षक मोहन भुजेललाई भसाजको तर्फबाट कदरपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा स्वदेशी मात्र होइन विदेशीहरू पनि दर्शक दीर्घामा देखिन्थे ।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)
