‘हत्केलामा घाम’विमोचित

मुख्य समाचार

३१ असार २०८२, काठमाडौं

कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित साहित्यकार प्रमोद नेपालको ‘हत्केलामा घाम’ मुक्तक सङ्ग्रह तथा कवि नेपालका गीतहरूको प्रमुख अतिथि वियोगी बुढाथोकी लगायत मञ्चासिन अतिथिहरूबाट एक समारोहका बीच सम्पन्न भएको छ।

उक्त कार्यक्रममा लोकार्पित पुस्तकको बारे प्रा. कपिल अज्ञातले समीक्षात्मक मन्तव्य दिएका थिए ।

कवि नेपालद्वारा रचित गीतहरूमाथि साहित्यकार विजयध्वज थापाले समीक्षात्मक मन्तव्य राखेका थिए ।

सो समारोहमा साहित्यकारहरू गोविन्द घिमिरे वेदमणि , कृष्ण प्रधान, डा. कृष्ण प्रसाद दाहाल र रामप्रसाद पन्तले शुभकामना मन्तव्य प्रकट गरेका थिए ।

कवि मनोज न्यौपाने, राजन पुडासैनी र नानु राना थापाले विमोचित कृतिबाट केही मुक्तकहरु वाचन गरेका थिए ।

सो कार्यक्रममा आयोजकको तर्फबाट कल्पतरु प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष डा.विदुला घिमिरेले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन् तथा प्रतिष्ठानका अर्का उपाध्यक्ष विमल अर्यालले धन्यवाद ज्ञापन गरेका थिए ।

विमोचित कृतिका कृतिकार प्रमोद नेपालले आफ्नो साहित्यिक तथा गायन यात्रा पर्साको भूगोलबाट आरम्भ भएको कुरा व्यक्त गर्दै लेखकीय मन्तव्य प्रकट गरेका थिए ।

सभापतित्व कल्पतरु प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नवराज पुडासैनी ज्योत्स्नाले गरेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा संपन्न सो कार्यक्रमको संचालन कल्पतरुका सम्पादक कवि गोकुल अधिकारीले गरेका थिए ।

 

०००