मोडर्ना र फाइजरको वुस्टर भ्याक्सिनले अमेरिकामा स्वीकृति पायो

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क

१३ अगस्त, वाशिंटन डिसी

अमेरिकाको औषधी नियमन निकायले मोडर्ना र फाइजरको तेश्रो डोज बुस्टर भ्याक्सिन रोग प्रतिरक्षा प्रणाली कमजोर भएका ब्यक्तिहरुका लागि प्रयोग गर्ने अनुमति दिएको छ ।

अँग प्रत्यारोणका कारण वा त्यस्तै प्रकारको अवस्थाको कारण रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिहरुले यो तेश्रो खोप लिएर सुरक्षित हुने वैधानिक बाटो खुलेको छ ।

हिजो विहिवार खाद्य तथा औषधी प्रशासनले तेश्रो खोपका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सिडिसीले आजै मतदान गरेर सिफारिस गरेकाले अव तत्कालै यो खोप लिन सकिनेछ । यसका लागि प्रेस्कृप्सनको आवश्यकता पर्ने छैन । सिडिसीका अधिकारी आमाण्दा कोहनले वताइन्, ” यो रोगीले आफैं प्रमाणिकरण गरे पुग्छ, यसका लागि चिकित्सकको प्रेस्कृप्सन वा सफारिसको आवश्यकता पर्ने छैन ।”

अमेरिकामा रोग प्रतिरक्षा प्रणाली कमजोर भएका वयस्क व्यक्तिहरु जनसङ्ख्याको ३ प्रतिशत भन्दा कम रहेको सिडिसीका निर्देशक रोचेल वालेन्स्कीको भनाइ रहेको छ ।

यो निर्णय भने जोन्सन एण्ड जोन्सनको एक मात्र खोप लगाएका व्यक्तिहरुमा लागु हुनेछैन । सिडिसीका अनुसार जोन्सन एण्ड जोन्सनका खोप लगाएकाहरुलाई दोश्रो खोप आवश्यक भए नभएको निर्णय गर्न पर्याप्त प्रमाणहरु भेटिएका छैनन् ।

विश्व स्वास्थ्य संगठन डब्लू एच ओले तेस्रो भ्याक्सिन कम्तिमा सेप्टे्बरको अन्तसम्म तेश्रो भ्याक्सिनमा नलगाउन भनिरहँदा यो निर्णय भएको छ । विश्वका अधिकाँस निर्धन मुलुकमा १० प्रतिशतभन्दा कम खोप लगाइएको वर्तमान स्थितिमा धनी राष्ट्रले तेश्रो खोपका लागिअग्रसर भएकोमा डब्लू एच ओको असन्तुष्टी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *