हेटौंडामा राष्ट्रिय युवा कविता उत्सव सम्पन्न

मुख्य समाचार

६ पुस २०८१, हेटौंडा

प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा हेटौंडामा राष्ट्रिय युवा कविता उत्सव-२०८१ सम्पन्न भएको छ ।
सो उत्सवमा कास्कीका संगम संयोगको ‘सावधान’शिर्षक कविता प्रथम भइ ४० हजार, कास्कीका कवि सुदर्शन पौडेलको ‘घर नफर्किएको छोराको सम्झनामा’ कविता दोश्रा भई ३० हजार तथा उदयपुरका कवि सुमी पोखरेलको ‘समय दर्शक यन्त्रको पर्दा नियाल्दा’ कविता तेश्रो भइ २० हजार राशीको पुरस्कार प्राप्त गरे । साथै बझाङका कवि महेश कठायतले ‘देश’ कविताले १० हजार राशिको सान्त्वना पुरस्कार प्राप्त गरे ।
सो उत्सवका लागि २२३ कविता प्राप्त भएकोमा २० उत्कृष्ट कविता छनौट भएका थिए, त्यसै मध्येबाट यी पुरस्कारका लागि छनौट भएका हुन् । यसका लागि कविहरू भीष्म उप्रेती, आरएन डङ्गोल र टिका आत्रेय सम्मिलित निर्णायक मण्डलको गठन गरिएको थियो ।
प्रमुख अतिथि प्रदेश युवा तथा खेलकुद मन्त्री मीन कृष्ण महर्जनले पुरस्कार वितरण गरेका थिए ।
युवा परिषद बागमती प्रदेशका उपाध्यक्ष सन्तोष चौलागाँईको अध्यक्षतामा सम्पन्न सो उत्सवमा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, बुढ्यौली समाज मकवानपुरका अध्यक्ष आरसी रिजाल तथा अन्य अतिथिहरूले मन्तव्य राखेका थिए ।
सो कार्यक्रम साहित्य सङ्गमका सचिव मनोज पोखरेलले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *