४ असार, २०८०, तानसेन
वरिष्ठ साहित्यकार चोलेश्वर शर्माको नव प्रकाशित कृति “सगरमाथा एक पहाडको नाम होइन” तानसेनको धवल पुस्तकालयमा एक समारोहका वीच प्रा. डा. गोविन्दप्रसाद भट्टराईले विमोचन गरे !
सो कृतिमाथि दीन पन्थी , वनमाली निराकार र विजय सागरले समीक्षा गरेका थिए ।
स्मरणीय छ, चोलेश्वर शर्मा हास्य ब्यङ्ग्य विधाका हस्ती हुन् र पाल्पालाई नै सिर्जन थलो बनाएका छन् । उनको साझा प्रकाशनबाट बिसं २०४२ सालमा प्रकाशित “म त अप्रिल फूल भएछु” निकै चर्चित पुस्तक हो ।
(फोटोः बनमाली निराकारको फेसबुकबाट)
