१० मंसिर २०८१, काठमाडौं
अनेसास अर्थात् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्य समितिले केन्द्रीय उपाध्यक्ष सरिता अर्यालको संयोजकत्वमा एशिया समितिको गठन गरेको जनाएको छ ।
प्राप्त समाचार अनुसार समितिमा वरिष्ठ उपाध्यक्ष अरुण पौडेल (जापान), उपाध्यक्ष गीता रेग्मी (नेपाल), महासचिव ह्यारीबोण्ड (कोरिया), सचिव श्यामराज रानाभाट (कतार) तथा कोषाध्यक्ष लतिका जोशी (भारत) रहेका छन् ।