आठौं सासंक पुरस्कार गणेश रसिकलाई

मुख्य समाचार समाचार

काठमाडौं असार २, २०८०

धुलाबारी झापाको सासंक प्रतिष्ठानले आफ्नो ३४ औं स्थापाना दिवस तथा प्रत्येक दुई बर्षमा प्रदान गरिंदै आएको आठौं सासंक सम्मान तथा पुरस्कार एक समारोहका प्रदान गर्यो । यस वर्ष सो पुरस्कार बरिष्ठ गायक,गीतकार तथा लेखक गणेश रसिकलाई प्रदान गरिने निर्णय अनुसार उनलाई प्रमुख अतिथि-इलामका प्रबुद्ध नागरिक युद्ध प्रसाद वैद्यले समर्पण गरे । पुरस्कारमा नगद रु.पच्चीस हजार तथा सम्मान पत्र रहेको छ । सो अवसरमा विभिन्न संघ संस्था तथा ब्यक्ति ब्यक्तित्वबाट समेत उपहार प्रदानगरिएको थियो ।
सो अवसरमा गणेश रसिकले आफ्नो मन्तव्य सहित आधा दर्जन गीत प्रस्तुत गरेका थिए ।
औपचारिक कार्यक्रम सुरु हुनुअघि बिद्यालय प्राङ्गणमा स्थापित भाषा शास्त्री महानन्द सापकोटाको सालिकमा माल्यार्पण गरिएको थियो ।
सासंकका अध्यक्ष छबीलाल खतिवडाको भापतित्वमा सम्पन्न सो कार्यक्रममा चन्द्र भण्डारीबाट पुरस्कृत ब्यक्तित्वको परिचय प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *