लेखनाथ काव्य पुरस्कार, बालकृष्ण सम पुरस्कार तथा देवकोटा काव्य पुरस्कारको घोषणा

समाचार

१० मंसिर २०८१, काठमाडौं

त्रिमूर्ति निकेतनले लेखनाथ काव्य पुरस्कार, बालकृष्ण सम पुरस्कार तथा देवकोटा काव्य पुरस्कारको घोषणा गरेको छ ।
निकेतनले जनाए अनुसार छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’, नाट्यसम्राट् बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्वपूर्ण दस्तावेज प्रस्तुत गर्नका अतिरिक्त नेपाली भाषासाहित्यको सेवामा मन, वचन र कर्मले समर्पित भई विशिष्ट योगदान गरेबापत प्रा.डा.सावित्री कक्षपतीलाई ‘बालकृष्ण सम पुरस्कार’ तथा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि छ दशक अघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवर्धनमा विशिष्ट योगदानका निम्ति प्रा.डा.बेञ्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने निर्णय भएको छ ।
यी तीनै पुरस्कारमा एक लाख रूपियाँ राशी तथा ताम्रपत्र रहेका छन् ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको त्रिमूर्ति निकेतनको बैठकले सो निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *