बीपी कोइरालाको जेल डायरी विमोचन हुँदै

समाचार

२९ भदौ २०८०, काठमाडौं

नेपाली आख्यान साहित्यका विशिष्ट प्रतिभा बीपी कोइरालाको सन् १९६२-१९६८ अवधिको जेल डायरीको पुस्तक यही भदौ ३० गते विमोचन हुने भएको छ ।

नेपाली काँग्रेसका महामन्त्री तथा साँसद गगनकुमार थापा प्रमुख अतिथि, प्रा.कृष्ण खनाल तथा सुजाता कोइराला एबम् मिन विश्वकर्मा अतिथि बक्ता रहने जनाइएको छ ।

स्मरणीय छ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा साहित्यतकार बीपी कोइरालाले सुन्दरीजल जेलमा नेपाली साहित्य अमतर आख्यानहरु तीन घुम्ती, नरन्द्र दाई, दोषी चस्मा जस्ता कृतिहरु लेखेका थिए ।

उनको निधनपछि प्रकाशित आत्मबृतान्त निकै चर्चित र विक्रीको कतिपय किर्तिमान राख्न सफल भएको थियो । उनका बिभिन्न कालखण्डका डायरीका पुस्तकहरु यसअघि पनि प्रकाशित छन् ।

Leave a Reply