सियाटल नेपाली दूतावासको घुम्तीसेवा सम्पन्न

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क

११ अगस्त, वाशिंटन डिसी

नेपाली दूतावासले अमेरिकाका विभिन्न स्थानमा सञ्चालन गर्दै आएको घुम्ती कन्सुलर सेवाको सिलसिलामा वाशिंटन राज्यको सियाटलमा सो सेवा सम्पन्न भएको छ ।

७ र ८ अगस्तमा सञ्चालन भएको सो घुम्ती शिविरमा त्यहाँका नेपालीहरुले कन्सुलर सेवा घरदैलोमै पाएका छन् ।

सो अवसरमा राजदूत खतिवडाले गैर आवासिय नेपालीहरुको संस्था एनआरएनए वाशिङ्टनका प्रतिनिधिहरु, नेपाल सियाटल सोसाइटी तथा स्थानिय संघसंस्थाका प्रतिनिधिहरुकासाथ अन्तरकृया गरेका थिए ।

स्मरणीय छ, यसअघि यस्तै घुम्ती सेवा क्यालिफोर्निया, टेक्सास, सिकागो लगायतका शहरहरुमा सञ्चालन भैसकेका छन् ।

यसपछि अक्टोवरमा कोलोराडोमा यस्तै घुम्ती सेवा सञ्चालन हुने थाहा भएको छ तर त्यसको मिति र स्थान भने निर्क्योल हुन बाँकी रहेको छ ।

(फोटो: नेपाली दूतावासके वेवसाइटवाट)

Leave a Reply