पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान तथा पद्मश्री गौरव पुरस्कार वितरण सम्पन्न

मुख्य समाचार

६ कार्तिक २०८१, काठमाडौं

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले एक विशेष कार्यक्रमको आयोजना गरी विक्रम सम्वत २०८० सालमा प्रकाशित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रा.कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई, पद्मश्री साधना सम्मान पवन कुमार चामलिङलाई, पद्मश्री गौरव पुरस्कार प्रा.डा. केदारभक्त माथेमालाई प्रदान गरेको छ । यी पुरस्कारहरु प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले समर्पण गरेका थिए ।
“द्वैत, अद्वैत तथा बहुलवादमा आस्था भएपनि मानवताको सार मूलतः एक रहेको तथा विश्वास, मत र मार्गहरू अनेक भएपनि मुहान एक रहेको व्याख्या गर्दै मानव समाजमा समभाव, समानुभूति तथा ऐक्यबद्धता स्थापना गर्ने विषयमा अत्यन्तै परिस्कृत तथा बोधगम्य भाषा र शैलीमा अद्वैत उपन्यास लेखिएको छ” भन्दै प्रतिष्ठानलाई प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा परेका १५ पुस्तक तथा संक्षिप्त सूचीमा परेका ५ पुस्तकमध्येको एक “अद्वैत” लाई पुरस्कृत गर्ने निर्णय गरिएको थियो ।
त्यस्तै नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय रहुनुभएका साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चामलिङलाई पद्मश्री साधना सम्मान अर्पण गरिएको छ ।
त्यसैगरी “समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान गर्नुभएको” भन्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदूत तथा नागरिक समाजका अभियन्ता प्रा.डा. केदार भक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार अर्पण गरिएको छ ।
यी तीनै पुरस्कार तथा सम्मानमा राशी तीन लाख रुपैयाँ रहेको छ ।
यी पुरस्कारहरु कोजाग्रत पूर्णिमाको दिन अर्पण गर्ने परम्परा रहे पनि यस पटक केही दिनपछि प्रदान गरिएको छ ।

(फोटोः जीवा लामिछानेको फेसबुकबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *