ललितकलाकर्मी राजन काफ्ले र नियात्राकार रञ्जु दाहाल सम्मानित हुँदै

मुख्य समाचार

२६ असोज २०८१, काठमाडौं

शिवसावित्री प्रतिष्ठान नेपालको सचिवालयस्तरीय बैठकले शिवसावित्री अधिकारी स्मृति सम्मान—२०८१ ललितकलाकर्मी राजन काफ्लेलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी शकुन्तला ढुङ्गेल स्मृति नियात्रा सम्मान—२०८१ नियात्राकार रञ्जु दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ ।
राजन काफ्ले विद्यालय तहदेखि नै ललितकला कर्ममा लागेका प्रतिभा हुन् । उनले चार दशक लामो साधनाको लागि यो पुरस्कार दिने निर्णय भएको हो । नियात्राकार रञ्जु दाहाल नियात्रा विधामा समर्पित स्रष्टा हुन् । उनका ‘प्रियसँगको यात्रा’(२०७५) तथा ‘डोहोडोहो डोल्पो’(२०८०) नियात्रा कृतिहरू प्रकाशित छन् ।
यी दुबै सम्मान शिवसावित्री प्रतिष्ठान नेपाल तथा बुढ्यौली साहित्य समाज रौतहट,सर्लाहीको आयोजनामा चन्द्रपुर, रौतहटमा आगामि महाकवि देवकोटाको जन्मजयन्तीका अवसरमा २०८१ कार्तिक १६ गते आयोजना गरिने कार्यक्रममा प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *