खुल्ला कथालेखन प्रतियोगिताको लागी ३० उत्कृष्ट कथा छानिए

मुख्य समाचार

२१ असोज २०८१, काठमाडौं

चक्रपाणि स्मारक प्रतिष्ठानद्वारा आयोजित नेपाल राज्यव्यापी खुल्ला कथालेखन प्रतियोगिताको लागि ३० उत्कृष्ट कथा छनौट भएका छन् । प्राप्त जानकारी अनुसार प्रतियोगिता अवधिभर जम्मा ८७ वटा कथा प्राप्त भएका थिए तर त्यस मध्य ६६ वटा मात्र प्रतियोगिताको लागि रित पुगेको र त्यसमध्येबाट ३० उत्कृष्ट छनौट भएको जनाइएको छ ।
छनौट भएका ३० कथाहरुमा हरिवोल काफ्लेको “ग्रीनकार्ड“, दिव्य गिरीको “पलिस्वाँ पुलु“, तल्सीहरि प्रजापतिको “म विदेश जान्न“, प्रकाश बस्नेतको “सपनाहरुको उडान“, प्रकाश नेपालीको “मेलम्ची कहिले सुक्छ सरकार?“, कुमार काफ्लेको “अक्षरयात्रा“, अज्ञात युवकको “प्रयोग“, गोपलाप्रसाद आचार्यको “”ऊ अझै लापता छ“, राजेन्द्र अधिकारीको “अनुपमा“, रोशन अपगाईंको “महाकाली“, अनिता पन्थीको “गजप्सा“, माधव सयपत्रीको “अनपेक्षित“, शिवराज शाहीको “सन्तानको फोटो“, डा.गितु गैरेको “सेतो सल“, सरिता घिमिरेको “स्पन्दन अक्षर“, मीरा काफ्ले पोखरेलको “तपस्विनी आमा“, डा. नवीनबन्धु पहाडीको “सेतो अन्धकार“, मनिषकुमार शर्माको “मैले नभित्र्याएकी बुहारी“, ललिता दोषीको “ओझेल“, वसन्त वायुङ राईको “बूढो मौरी“, सावित्री अधिकारीको “मुना“, महेश चौलागाईंको “सुनौलो विहानी“, लक्ष्मण सिटौलाको “शुभरात्री“, भोलानाथ सुवेदीको “दुखेको घाउ“, रुपक अलङ्कारको “बङ्गाली बाबा“, गणेश मार्मिकको “एउटा यस्तो कथा“, राधिका कल्पितको “आमा तिमी केके बनेकी छौ?“, क्रान्तिमान श्रेष्ठको “तीन मोहरको मुरली“, जीवन खत्रीको “कालो मह” तथा सञ्जित फलानाको “चोर” रहेका छन्
नेपाल राज्यव्यापी खुल्ला कथालेखन प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोश्रा हुनेलाई २० हजार र तेश्रो हुनेलाई १० हजार नगद राशीले पुरस्कृत गरिनेछ । प्रतिष्ठानले जनाए अनुसार नतिजा २०८१ कात्तिक २० गते चक्रपाणि जन्मजयन्तीका दिन एक समारोहबिच सार्वजनिक गरिने जनाइएको छ ।
साथै यी ३० कथाहरुको सङ्कलन “चक्रपाणि कथा अङ्क”समेत सोही दिन सार्वजनिक गरिने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *