साहित्य सङ्गम मकवानपुरद्वारा स्रष्टाहरू सम्मानित

मुख्य समाचार

१३ असोज २०८०, हेटौंडा

साहित्य सङ्गम मकवानपुर,हेटौंडाको ३३५ औं नियमित साहित्य सन्ध्या कार्यक्रम आज हेटौंडास्थित आफ्नै भवनमा सम्पन्न भएको छ ।

सो कार्यक्रममा मकवानपुरका २०७९ मा प्रकाशित कृतिका स्रष्टाहरूलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरूमा मानचित्रमा देश,अक्षर र आराधना कृतिका लागि मसान उपासक,छेलिएका अनुहार कृतिका लागि प्रताप विष्ट,शिक्षकको भाषा कृतिका लागि छवि अनित्य,खुसी कृतिका लागि किसन पौडेल,तिल गङ्गा गोविन्द कृतिका लागि सुभाषचन्द्र पौडेल भीमफेदीया,कोरिएका धर्साहरू कृतिका लागि ऋत्विक् के.बी,अभियुक्त समय कृतिका लागि समर्पण न्यौपाने,कठघरमा देश,मकवापुरका काव्य:अवलोकन र अध्ययन कृतिका लागि बिर्खे अन्जान,छैन कसोरी तिमी कृतिका लागि पुरुषोत्तम आचार्य थिए।
कार्यक्रममा सम्मानित स्रष्टाहरू ऋत्विक् के.बी,समर्पण न्यौपाने,छवि अनित्य,किसन पौडेल,बिर्खे अन्जान,सुभाषचन्द्र पौडेल भीमफेदीया लगायत समीक्षकद्वय हरिकृष्ण काफ्ले तथा शान्तिप्रिय वन्दनाले पनि कविता वाचन गरेका थिए।
त्यसैगरी कविहरू दिनेश शर्मा,सुवास खनाल,जनार्दन खनाल,मनोज पोखरेल,कुवेर पराजुली,कृष्टिना कार्की,सरजु भण्डारी,दीपिका लम्साल,बिजनेस सन्जेल,प्रकृति अर्याल,अनसूया खनाल,रिजन राना,सुवास सजल,रोशनी चौलागाई,बैकुण्ठ लामिछाने,ठाकुराम भण्डारी,कमल नेपाल,विष्णु न्यौपाने,पुण्यशिला श्रेष्ठ, ऋषि के.बी,सानुभाइ विश्वकर्मा,लक्ष्मी कँडेल,ऋषिराम पाण्डे,ओमभक्त भण्डारी,स्वस्तिका बानियाँ,रजनी पौडेल, सम्प्रस पौडेल र सन्जित श्रेष्ठले पनि कविता वाचन गरेका थिए।
साहित्यकार नवराज शर्मा तिमिल्सिनाको प्रमुख आतिथ्य तथा साहित्य सङ्गमका नवनिर्वाचित अध्यक्ष डि.बि.बर्तौलाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा साहित्य सङ्गमका उपाध्यक्ष सानु खनालले स्वागत मन्तव्य र श्यामकुमार बानियाँले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सङ्गमका सचिव मनोज पोखरेलले गरेका थिए।

(सुभाषचन्द्र पौडेल, काठमाडौंको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *