१२ भदौ २०८१, काठमाडौ
एपेक नेपालले एक सूचना जारी गरी “विश्व-ज्योति काव्य पुरस्कार” को लागि पाण्डुलिपिको आव्हान गरेको छ ।
सो सूचना अनुसार ४० बर्ष वा सो भन्दा कम उमेरका, यसअघि कुनै कृति प्रकाशित नभएका प्रतिभाहरुले २०८१ पौष मसान्तभित्र पठाउन सकिने र पुरस्कृत पाण्डुलिपि २५ चैत्र २०८१ मा एपेक नेपालको वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिने जनाइएको छ ।
यो पुरस्कारको नाम कवि विश्वविमोहन श्रष्ठको विश्व र उनकी दिवङ्गत पत्नी ज्योति श्रेष्ठको ज्योति गरी “विश्व-ज्योति” नामाकरण गरिएको हो ।
000