१ भदौ २०८१, काठमाडौं
नेपाली शिक्षा परिषद्को ७४ औं वार्षिकोत्सब तथा संस्थापक गोपाल पाँडे असीमको११२ ओैं जयन्ती एक समारोहका वीच काठमाडौंमा मनाइयो ।
सो अवसरमा कविशिरोमणि लेखनाथ पौड्याल, महान् विभूति बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा परिषद्का अध्यक्ष रमा शर्माको सौजन्यमा स्थापित रू.१,०१,१०१/-राशिको लेबाल त्रिरत्न पुरस्कार शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला तथा रू.५०,०००/- राशिको गोपाल पाँडे असीम पुरस्कार साहित्यकार प्रध्युम्न जोशीलाई प्रमुख तिथि डा. जयराज आचार्यले अर्पण गरे ।
साथै २०८० सालको एसईई परीक्षामा भानु माध्यमिक विद्यालय दरबार हाईस्कुलबाट नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थी मन्दिप श्रेष्ठलाई रु ५०००/- राशीसहित गोपाल पाँडे (असीम) उत्कृष्ट नेपाली पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमको शुरुमा राष्ट्रिय गानपछि परिषद्का कोषाध्यक्ष शंकरप्रसाद पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कवि विजयराज न्यौपानेज्यूले गोपाल पाँडे असीम बारे रचित कविता सुमधुर स्वरमा वाचन गरेका थिए ।
पुरस्कृत द्वयका बारेमा रमेशप्रसाद गाौतम तथा श्री ठाकुर बेल्बासेले परिचय दिएका थिए ।
समारोहलाई प्रमुख अतिथि, पुरस्कृत प्रतिभाहरुले मन्तब्य प्रकट गरेका थिए ।
कार्यक्रम परिषद्का अध्यक्ष रमा शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।