ऋषि बस्ताकोटीलाई कल्पतरु अन्तर्राष्ट्रिय स्रष्टा सम्मान

मुख्य समाचार

काठमाडौं, जेठ २४

हाल अमेरिकालाई कर्मभूमि बनाएर साहित्य सिर्जनामा साधनारत ऋषि वस्ताकोटीलाई कल्पतरु साहित्यिक पत्रिकाको सयौं अङ्क प्रकाशनका अवसरमा कल्पतरु अन्तर्राष्ट्रिय स्रष्टा सम्मान-२०७९ अर्पण गरियो । सो सम्मान लेखककी बहिनी कल्पना वस्ताकोटीले दाजुको प्रतिनिधित्व गर्दै ग्रहण गरेकी थिइन् । सो सम्मान यसै वर्षदेखि प्रदान गर्न थालिएको हो ।
सोही समारोहमा कल्पतरु पत्रिकामा बर्षभरी प्रकाशित रचनाहरू मध्येबाट निर्णायक समितिको निर्णयको आधारमा साहित्यकार भोजराज रेग्मी ‘मुखाले’ लाइ कल्पतरु वर्ष स्रष्टा पुरस्कार-२०७९ प्रदान गरियो।
कार्यक्रममा सम्मानित व्यक्तित्व डा ऋषि बस्ताकोटीको बारेमा डा हिमलाल श्रेष्ठले प्रकाश पारेका थिए भने रहित सैंजुले साहित्यकार भोजराज रेग्मी ‘मुखाले’को परिचय दिएका थिए।

कल्पतरु साहित्यिक पत्रिकाको शताङ्क प्रकाशित भएको खुशियालीमा साहित्य सदन, रामहिटीमा एक साहित्यिक समारोहको आयोजना गरी साहित्यिक व्यक्तित्वहरूलाई सम्मान र पुस्तक बिमोचन गरियो। कार्यक्रममा विगत तीन दशकदेखि नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका प्रवासमा नेपाली साहित्यको उत्थानमा क्रियाशील डा ऋषि बस्ताकोटीलाई कल्पतरु अन्तर्राष्ट्रिय स्रष्टा सम्मान-२०७९ प्रदान गरियो। यसैगरी कल्पतरु पत्रिकामा बर्षभरी प्रकाशित रचनाहरू मध्येबाट निर्णायक समितिको निर्णयको आधारमा साहित्यकार भोजराज रेग्मी ‘मुखाले’ लाइ कल्पतरु वर्ष स्रष्टा पुरस्कार-२०७९ प्रदान गरियो। कार्यकर्ममा सम्मानित व्यक्तित्व डा ऋषि बस्ताकोटीको बारेमा डा हिमलाल श्रेष्ठले प्रकाश पारेका थिए भने रहित सैंजुले साहित्यकार भोजराज रेग्मी ‘मुखाले’को परिचय दिएका थिए।
सो समारोहमा कल्पतरुको सयौं अङ्क तथा त्यसका सम्पादक नवराज पुडासैनी’ज्योत्स्ना’ को मुक्तक संग्रह ‘उन्मुक्त ज्योत्स्ना’को लोकार्पण पनि गरिएको थियो।

वरिष्ट साहित्यकार कन्चन पुडासैनीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply