२४ साउन २०८१, काठमाडौं
“कल्पतरु” पत्रिका नियमित प्रकाशित हुँदै आएकोमा सो पत्रिकाका प्रधान सम्पादक नवराज पुडासैनी “ज्योत्स्ना” को नेतृत्वमा “कल्पतरु प्रज्ञा प्रतिषठान” नामक संस्था गोकर्णेश्वर नगरपालिकामा सूचिकृत भएको छ ।
“साहित्यिक पत्रिकाको प्रकाशन लगायत नेपालभरि बिभिन्न साहित्यिक गतिबिधि गर्ने” उद्देश्यका साथ दर्ता भएको यस संस्थाको तदर्थ कार्य समितिको समेत गठन गरिएको छ जस अनुसार अध्यक्ष नवराज पुडासैनी “ज्योत्स्ना”, उपाध्यक्षद्वय बिमल अर्याल र डा. बिदुला दाहाल
सदस्य सचिव राजन पुडासैनी, सचिव सुमन पुडासैनी, कोषाध्यक्ष उमेशकुमार शर्मा तिम्सिना तथा सदस्यहरुमा गोकुलचन्द्र अधिकारी, देविकानन्द तिमिल्सिना, निर्मल अर्याल, मधुसुदन पाण्डेय, राजेश खनाल, राजेशमान के.सी. तथा रेहित सैजु रहेका छन् ।