साहित्यकार नीलम कार्की निहारिकालाई विद्यावारिधि

समाचार

 

२४ भदौ २०८०, काठमाडौं

नेपाली साहित्यकी समर्थ लेखिका नीलम कार्की निहारिकाले नेपाल संस्कृत विश्वविद्यालयवाट विद्यावारिधि पूरा गरेकी छिन् ।
उनको अनुसन्धान निर्देशक प्रा.डा.माधव भट्टराई रहेका थिए तथा शोध विशेषज्ञमा प्रा.डा. दयाराम श्रेष्ठ तथा प्रा.डा. हरिहर प्रसाद भट्टराई रहेका थिए । ।
साहित्यकार नीलम कार्की निहारिका “योगमाया” उपन्यासका लागि मदन पुरस्कार प्राप्त लेखिका हुन् । उनको पछिल्लो औपन्यासिक कृति “द्रौपदी अवशेष” हो ।
कविता,कथा लगायतका विधामा लेखन गरे पनि पछिल्लो समय उनी उपन्यास विधामा केन्द्रित भएकी छिन् ।
विश्वपरिक्रमासँग कुरा गर्दै उनले यो विद्यावारिधि पूरा गर्न ४ वर्ष लागेको वताईन् ।
उनले विद्यावारिधि पूरा गर्ने क्रममा पाएको सहयोगका लागि नेसंविका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा, नेसंवि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेल, डा.बार्वरा निम्री अजिज, डा.चिरञ्जीवी भट्टराई, डा.नारायण चालिसे , डा.रामजी तिमिल्सिना , डा.भाष्कर कुँवर छेत्री , ई.थर्क बहादुर थापा र डा.आरती कार्की तथा नगेन्द्रराज रेग्मीलगायत नेसंविका कर्मचारी वर्गमा हार्दिक आभार व्यक्त गरेकी छिन् ।

2 thoughts on “साहित्यकार नीलम कार्की निहारिकालाई विद्यावारिधि

  1. हार्दिक शुभकामना महिलाहरु को इज्जत मा थप टेवा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *