२४ साउन २०८१, काठमाडौं
चक्रपाणि स्मारक प्रतिष्ठानले “राष्ट्रब्यापि कथा प्रतियोगिता-२०८१” गर्ने भएको छ । नेपाली भाषामा लेखिएको मौलिक वा अन्य भाषामा लेखिएको भए अप्रकाशित मौलिक १५०० देखि ५००० शब्दको कथालाई प्रतियोगितामा सामेल गराईने तथा प्रथम हुनेलाई ३० हजार, दोश्रो हुनेलाई २० हजार तथा तेश्रो हुनेलाई १० हजार नगद पुरस्कार दिइने पनि जनाइएको छ ।
प्रतिष्ठानले सूचनामा जनाए अनुसार प्रतियोगिताका लागि प्राप्त कथाहरुमध्ये २० उत्कृष्ट कथाको छनौट गरी अन्तिम निर्णयकर्ताहरुकहाँ पठाइने तथा सो मध्येबाट निर्णायकले प्रथम, दोश्रा तथा तेश्रा निर्णय गर्नेछन् ।
साथै प्रतिष्ठानले चुनिएका २० कथाको पुस्तक समेत प्रकाशित गर्ने जनाएको छ ।
कथा २०८१ भदौ २० गतेसम्म पठाउन सकिनेछ । ।
