आर.आर. चौलागाईं र श्याम आशा पुरस्कृत हुँदै

समाचार

१७ साउन २०८१, काठमाडौं

नेपाल लघुकथ समाजले वर्षेनी प्रदान गर्ने “पूर्णप्रसाद ब्राम्हण लघुकथा सम्मान-२०८१” आर.आर. चौलागाईं र “धनमान लघुकथा पुरस्कार-२०८१” श्याम आशालाई प्रदान गरिने भएको छ ।
नेपाल लघुकथा समाजद्वारा जारी बिज्ञप्तिअनुसार पुरस्कृत स्रष्टाको चयनका लागि प्रा.डा. लक्ष्मणप्रसाद गौतमको संयोजकत्वमा श्रीओम श्रेष्ठ रोदन तथा तुलसीहरि कोइराला सम्मिलित तीन सदस्यीय सिफारिस समितिको सिफारिस अनुसार ती नाम चयन भएका हुन् ।
हेटौंडालाई कर्मभूमि बनाएका आर.आर. चौलागाईंका “बिघटनको तयारीमा (२०६५) लघुकथा सङ्ग्रह प्रकाशित छ । त्यस्तै भक्तपुरलाई कर्मभूमि बनाएका श्याम आशाका दुई सङ्ग्रह नेपाली भाषामा र सात सङ्ग्रह नेपाल भाषामा प्रकाशित छन् ।
यी पुरस्कारमध्ये पूर्णप्रसाद ब्राम्हण लघुकथा सम्मान लघुकथा दिवसका दिन भदौ ५ गते सर्वनाम नाट्यघरमा तथा धनमान लघुकथा पुरस्कार भदौ ८ गते भक्तपुरमा एक समारोहका वीच प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *