१८ साउन २०८१, काठमाडौं
आज श्रावण १८ गते शुक्रबारका दिन एक समारोहका बीच वि.सं २०८० सालको ’उत्तमशान्ति पुरस्कार’ प्रदान गरियो ।
’उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ द्वारा गैरआख्यान कृतिमध्ये सर्वश्रेष्ठ कृतिलाई बर्षेनी प्रदान गरिने एक लाख राशी र ताम्रपत्रसहितको “उत्तम शान्ति पुरस्कार २०८०” रोशन शेरचनद्वारा लिखित निबन्धकृति “गल्ली संसार” लाई एक समारोहका वीच कार्यक्रमका प्रमुख अतिथि डा.वासुदेव त्रिपाठीले प्रदान गर्नु भयो ।
पुरस्कार वितरण समारोहमा पुरस्कृत ब्यक्तित्वको वारेमा भूपिनले तथा उत्तम कुँवरवारे देवेन्द्र लोहनीले बोल्नुभएको थियो ।
समारोहलाई प्रमुख अतिथि डा. वासुदेव त्रिपाठी तथा उत्तम शान्ति स्मारक पुरस्कार गुठीका अध्यक्ष पार्थिवेश्वर तिमिल्सिनाले सम्वोधन गरेका थिए ।
साहित्यकार तथा साहित्यिक पत्रकार उत्तम कुँवरको असामयिक निधनपछि उनकी धर्मपत्नी शान्ति कुँवरले “उत्तम पुरस्कार” को रुपमा बिसं २०४४ मा स्थापित यो पुरस्कार पहिलोपल्ट मञ्जुलले “सम्झनाका पाइलाहरु” का लागि प्राप्त गरेका थिए । पछि शान्ति कुँवरको पनि देहान्त भएपछि पुरस्कारको नाम “उत्तम शान्ति पुरस्कार” राखिएको हो ।