अनेसास डिसी मेट्रो च्याप्टरको नयाँ नेतृत्वमा नीलकण्ठ सुवेदी

समाचार

१६ नोभेम्वर २०२४, वाशिङ्टन डिसी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अनेसास डिसी मेट्रो च्याप्टरको लागि सबै पदहरुमा एक एक मात्र उम्मेदवारी परेकोले निर्विरोध सम्पन्न भएको छ ।
निर्वाचन समितिका संयोजक शिव लामिछाने हस्ताक्षरित विज्ञप्ति अनुसार च्याप्टरको २०२४-२६ कार्यकालका लागि नीलकण्ठ सुवेदी अध्यक्षमा निर्वाचित भएका छन् ।
विज्ञप्तिका अनुसार वरिष्ठ उपाध्यक्षमा कविन्द्र सिटौला, उपाध्यक।्षमा शकुन्तला अधिकारी, महा सचिवमा जगन्नाथ पौडेल, सचिवमा गोमा न्यौपाने, कोषाध्यक्षमा मनिष पोखरेल तथा कार्य समितिको सदस्यहरुमा तनुजा पोखरेल, विमला थापा, दिलिप नेपाल, भुवनप्रसाद सिग्देल, समनश्री श्रेष्ठ तथा रामहरि फुँयाल निर्वाचित भएका छन् ।
विज्ञप्तिमा जनाइए अनुसार आगामि नोभेम्बर २३ का दिन महाकवि देवकोटाको ११६ जन्म जयन्तीका अवसरमा पद हस्तान्तरण तथा शपथ ग्रहण समारोहको आयोजना गरिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *