३१ जुलाई २०२४, वाशिंटन डिसी
साहित्य परिषद भूटानको विण्डसर सम्मेलन- २०२४ क्यानाडाको विण्डसर ओन्टारियोमा आगामि १७ अगस्तमा सम्पन्न हुने भएको छ ।
ईशं १९९३ मा नेपालको वेलडाँगी शरणार्थी शिविरमा स्थापना भएको परिषदको संस्थापक अध्यक्ष गङ्गा लामिटारे हुन् र वर्तमान अध्यक्ष पनि उनै रहेका छन् ।
पुनर्वासपछिको परिषदको यो चौथो सम्मेलन हो ।
यस सम्मेलनका अवसरमा हिमटीका आख्यान पुरस्कार जेएन् दाहालको उपन्यास “प्रहेलिका” लाई प्रदान गरिने समेत जनाइएको छ ।