२९ साउन २०८१, काठमाडौं
बुकाहोलिक्स समूहले नियमित गर्ने गरेको चकटी बहसमा ज्ञानु पाण्डेको निबन्ध सङ्ग्रह “जीवनको अभिनन्दन” को चर्चा हुने भएको छ । आगामि शुक्रवार ३२ साउनका दिन मार्टिन चौतारीमा हुने सो बहसमा राजकुमार बानियाँ र प्रमोद प्रधानले बक्ताको रुपमा भाग लिनेछन् र लेखिका ज्ञानु पाण्डेले आफ्नो लेखकीय धारणा र बहसमा उठेका प्रश्नहरुको जवाफ दिनेछिन् ।