८ साउन २०८१, काठमाडौं
नेपालको जेठो र सर्वाधिक चासो रहने मदन पुरस्कारका लागि मदन पुरस्कार गुठीले ५ कृतिको छनौट गरेको छ । पुर्कारको प्रतिस्पर्धाका लागि प्राप्त ३०४ पुस्तकमध्ये डम्फुको आत्मालाप (भक्त स्याङतान),
नुन-तेल (जीवन क्षेत्री), भावलिपि (भावेश भुमरी र प्रणिता चामलिङ), मुकाम रणमैदान (मोहन मैनाली) तथा सन्त्रासका साठी दिन (रोशन थापा ‘नीरव’) छनौटमा परेको गुठीले प्रकाशित गरेको बिज्ञप्तीमा जनाइएको छ । यी ५ कृतिहरुमध्ये एक कृतिले ४ लाख राशी सहितको मदन पुरस्कार प्राप्त गर्नेछ ।
आफ्ना स्वर्गिय पति मदन शम्शेरको नाममा उनकी धर्मपत्नी जगदम्वाद्वारा स्थापित मदन पुरस्कार विसं २०१३ सालदेखि प्रदान गरिंदै आएको छ ।
स्मरणीय छ, शुरुमा पाण्डुलिपिलाई दिइने गरेकोमा पछि प्रकाशित कृतिलाई दिन थालिएको हो ।
मदन पुरस्कारलाई साहित्यिक पुरस्कारको रुपमा लिइने गरिन्छ र पुरस्कृत कृतिहरुमा पनि साहित्यिक कृतिहरुको बाहुल्य देखिन्छ । तर यो पुरस्कार “नेपाली भाषामा लेखिएको सर्वोत्कृष्ट ग्रन्थ” लाई दिइने पुरस्कार हो ।
