विश्वपरिक्रमा डेस्क
२६ सेप्टेम्वर, वाशिंटन डिसी
नेपाली दूतावासले अमेरिकाका विभिन्न राज्यमा सञ्चालन गर्दै आएको घुम्ती कन्सुलर सेवा २५ सेप्टेम्वरका दिन वोष्टनमा शुरु भयो। २ दिने सो कार्यक्रम वोष्टनको आर्लिङ्टनस्थित कोलम्वस क्लवमा सञ्चालन गरिएको छ ।
यो घुम्ती सेवाको शुरुवात राजदूत खतिवडाले गरेका थिए ।
दिउँसो राजदूत खतिवडाले एमआइटीको लुरिया आडिटोरियममा उनले एमआइटी तथा हार्भर्डका विद्यार्थीहरुसँग “डुइङ विजिनेस इन नेपाल” चिषयमा अन्तरक्रिया गरे ।
साँझ राजदूत खतिवडाले न्यूह्याम्सायरका नेपाली डायस्पोरा र नेपाली ब्यवसायीहरुसँगको वैठकमा पर्यटन, जलविद्युत, सूचना प्रविधि, आधारभूत संरचना, कृषि, औषधिलगायतको क्षेत्रमा लगानि गर्न प्रेरित गरे भने स्थानिय नेपाली व्यवसायीहरुले दोहोरो नागरिकता तथा दोहोरो कर हटाउने सम्झौता विषयमा कुरा राखे ।
राजदूत खतिवडा एशियन अमेरिकन कमिसनका कमिस्नर तथा नेपाली समुदायका नेता प्रह्लाद केसीले आयोजना गरेको रात्री भोजमा समेत सामेल भएका थिए । रात्री भोजमा मासाचुसेट्स राज्यका सिनेटका ब।राउन्सबर्गर, राज्य प्रतिनिधि डोनाल्ड वाङसँग पनि भेटघाट तथा आपसी हितका विषयमा कुराकानी गरेका थिए ।