वोष्टनमा नेपाली दूतावासको घुम्ती शिविर तथा विविध कार्यक्रममा राजदूत खतिवडाको सहभागिता

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
२६ सेप्टेम्वर, वाशिंटन डिसी

नेपाली दूतावासले अमेरिकाका विभिन्न राज्यमा सञ्चालन गर्दै आएको घुम्ती कन्सुलर सेवा २५ सेप्टेम्वरका दिन वोष्टनमा शुरु भयो। २ दिने सो कार्यक्रम वोष्टनको आर्लिङ्टनस्थित कोलम्वस क्लवमा सञ्चालन गरिएको छ ।
यो घुम्ती सेवाको शुरुवात राजदूत खतिवडाले गरेका थिए ।
दिउँसो राजदूत खतिवडाले एमआइटीको लुरिया आडिटोरियममा उनले एमआइटी तथा हार्भर्डका विद्यार्थीहरुसँग “डुइङ विजिनेस इन नेपाल” चिषयमा अन्तरक्रिया गरे ।
साँझ राजदूत खतिवडाले न्यूह्याम्सायरका नेपाली डायस्पोरा र नेपाली ब्यवसायीहरुसँगको वैठकमा पर्यटन, जलविद्युत, सूचना प्रविधि, आधारभूत संरचना, कृषि, औषधिलगायतको क्षेत्रमा लगानि गर्न प्रेरित गरे भने स्थानिय नेपाली व्यवसायीहरुले दोहोरो नागरिकता तथा दोहोरो कर हटाउने सम्झौता विषयमा कुरा राखे ।
राजदूत खतिवडा एशियन अमेरिकन कमिसनका कमिस्नर तथा नेपाली समुदायका नेता प्रह्लाद केसीले आयोजना गरेको रात्री भोजमा समेत सामेल भएका थिए । रात्री भोजमा मासाचुसेट्स राज्यका सिनेटका ब।राउन्सबर्गर, राज्य प्रतिनिधि डोनाल्ड वाङसँग पनि भेटघाट तथा आपसी हितका विषयमा कुराकानी गरेका थिए ।

Leave a Reply