१५ चैत २०८०, काठमाडौं
सूर्यप्रसाद श्रेष्ठ लिखित आत्म-कथा पुस्तक ‘सूर्यास्त-विम्ब’ पूर्वराष्ट्रपति रामवरण यादव तथा मञ्चासिन व्यक्तित्वहरु पूर्व प्रमुख निर्वाचन आयुक्तद्वय नीलकण्ठ उप्रेती तथा भोजराज पोखरेल, वर्तमान प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, प्रा.डा.सुरेन्द्र के.सी., कपिल श्रेष्ठ, गोपालकृष्ण सिवाकोटी, बालकृष्ण प्रसाई, डा. कुशुम शाक्य,स्रष्टा नरेन्द्रबहादुर श्रेष्ठ तथा कार्यक्रम आयोजक संस्था साहित्यिक पत्रकार संघ तथा समारोहका अध्यक्ष राधेश्याम लेकालीले संयुक्त रुपमा लोकार्पण गरेका छन् ।
कृतिकार श्रेष्ठ पूर्व अञ्चलाधीश,पूर्व गृह सचिव,संयुक्त अधिराज्यका पूर्व राजदूत तथा पूर्व प्रमुख निर्वाचन आयुक्त समेत रहिसकेका व्यक्तित्व हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व राष्ट्रपति यादवले लेखक सूर्यप्रसाद श्रेष्ठको देशप्रतिको निष्ठा,इमान्दारिता,लगनशीलता,अनुभव,दृष्टिकोण कर्तव्यपरायणताको प्रशंसा गर्दै जागीरे जीवनको अनुभव तथा अनुभूतिलाई आत्मकथामा उतारेर ठूलो योगदान पुर्याएको बताए ।
कार्यक्रममा डा.जगत नेपाल, काशिराज दाहाल तथा डा. कुशुम शाक्यले कृतिका टिप्पणी पेश गरेका थिए । डा.गोपालकृष्ण सिवाकोटीले शुभकामना मन्तब्य तथा सो पुस्तकका सम्पादक विवश वस्ती समेत मन्तव्य राखेका थिए।
कार्यक्रममा सूर्यप्रसाद श्रेष्ठले लेखकीय मन्तव्य प्रकट गर्दै जागीरे जीवनमा देखेका भोगेका कुराहरू सम्झना गर्दै टिपेको टिपोट भएको बताए ।
सभापतिको आसनबाट बोल्दै सापसका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सव चलिराखेको बताउँदै साहित्यिक पत्रकारहरूलाई राज्यबाट दिइने सहयोगमा समानता नभएको,पक्षपात व्यवहार हुने गरेकोले त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए ।
कार्यक्रमको शुरुमा सापसका पूर्व अध्यक्ष स्रष्टा नरेन्द्रबहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन कवि ठाकुर बेलबासेले गरेका थिए।
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)