विश्वपरिक्रमा डेस्क
१० सेप्टेम्वर, वाशिंटन डिसी
अमेरिकाले नेपाललाई उपलब्ध गराउन स्वीकृत भएको ५० अरब सहयोग संसदले पारित गर्नुपर्ने प्राबधानका कारण विगत केही वर्षदेखि नेपालका राजनीतिक पार्टीहरुका लागि राजनीति गर्ने मुद्दा वनेको छ भने कैयन् सामाजिक कार्यकर्ताहरुलाई राष्ट्रियताको लागि सडक आन्दोलन, धर्ना, कालो झण्डा देखाउने लगायतका कर्मका लागि सहज विषय बनेको छ । सामाजिक सञ्जालमा यसका विपक्षमा कैयन् भिडियोहरु बनेका छन्, यसका विषयमा मिडियाहरुमा अनेक वहस भएका छन् ।
यसै वीच एमसिसीका फातिमा सुमार नेपाल भ्रमणमा छिन् र विभिन्न पार्टीका नेताहरु, मन्त्रीहरु तथा प्रधानमन्त्रीसँग बाक्लो भेटघाटमा ब्यस्त छिन् ।
सन् २०१२ बाट शुरु भएर सन् २०१७ मा सम्झौता भएको यो सहयोगको सिलसिलामा नेपालका सवैजसो राजनीतिक पार्टीहरु सामेल सरकारहरुले यो सहयोग योजनालाई अघि बढाए पनि संसदबाट पारित गराउनु पर्ने प्रावधानले यो सहयोगको शुरुवात हुन सकेको छैन । सवैजसो पार्टीमा दुविधा देखिएको छ । अन्तरविरोध देखिएको छ ।
फातिमाको नेपाल भ्रमण अघि नेपाल सरकारको तर्फवाट सोधिएका सवै प्रश्नहरुको जवाफ एमसिसीको तर्फवाट दिंदै सम्झौता सम्पन्न भैसकेको अव संसोधन हुन नसक्ने जवाफ आएको छ ।
प्रधानमन्त्री शेरवहादुर देउवा एमसिसी पास गराउने मनस्थितिमा भए पनि सत्ता साझेदारहरु यसमा एक मत हुन सकेका छैनन् । यसअघि केकी ओलीको नेतृत्वको सरकारले पनि एमसिसी पास गराउने मनस्थिति बनाए पनि पार्टी भित्र नै मतभेद र पार्टीको आन्तरिक किचलोले पास गराउने अवस्था भएको थिएन ।
स्मरणीय छ, नेपालको चाहनामै एमसिसी योजना अघि बढेको थियो र नेपालकै आवश्यकता विद्युत वितरण र सडक स्तरोन्नतीका लागि यो सहयोगको लागि योजना अघि बढेको थियो । यस योजनामा हालसम्म १३ अरव खर्च भैसकेको छ ।
एमसिसी अन्तरगत अमेरिकाले विश्वका ४६भन्दा वढी राष्ट्रमा अमेरिकाले आर्थिक उन्नतीका लागि सहयोग गरेको छ ।

केहि प्रश्नहरु
१ यो परियोजना के कति कुराले नेपालको हितमा छ र छैन ?
२ यस परियोजना सम्बन्धमा नेपालको सार्बभौम र स्वतन्त्रका को बिषयमा उठेका प्रश्नहरु ठिक हुन् वा होइनन ?
३ एमसीसी बारेमा जे जति हल्ला हालेका छन् ती जाहेज छन् कि झूठ हुन्।
४ यसरि बिरोध भए पछि यो बिषयमा बिद्द्वानहरुको भेला गरेर सत्य तथ्य जनता सामु ल्याउनु पर्छ कि पर्दैन?
५ यस बिषयमा संधै विवादमा मात्र रहेर मात्र देश र जनताको भलै हुन्छ र ?
६ राजनीति गर्नेहरु सत्ता स्वार्थको लागि मात्र रडाको गर्ने, जनतालाई गुमराहमा राख्ने, भोटको राजनीति गर्ने।
७ अमेरिकाको स्वार्थ छ भन्ने कुरा के हो ?