नासाको कार्य समितिको म्याद ४ डिसेम्वरसम्मका लागि थपियो

बाल रचना मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
५ सेप्टेम्वर, वाशिंटन डिसी

दक्षिणपूर्वि अमेरिकी राज्यहरुका नेपालीहरुको संस्था नासा तथा मध्य अमेरिकाका नेपालीहरुको संस्था एन्माको आज हुने भनिएको संयुक्त सम्मेलन स्थगित भएपछि आज हुने निर्वाचन समेत स्थगित भएकोले नासाको विधान अनुसार वढीमा ९० दिनसम्म पुरानो कार्य समितिले विशेष परिस्थितिमा निरन्तरता दिन सक्ने विधानको ब्यबस्था अनुसार बढीमा ४ डिसेम्वर सम्मका लागि पुरानो कार्य समितिले यथावत काम गर्ने निर्णय भएको छ ।
निर्वाचन समितिले आफ्नो सबै काम पूरा गरे पनि सम्मेलन स्थगित भएकोले निर्वाचन हुन नसकेको हो । नासाको विधान अनुसार प्रत्यक्ष गोप्य मतदान द्वारा निर्वाचन गर्नु पर्ने हुन्छ ।
स्मरणीय छ, अध्यक्ष कार्यकारी उपाध्यक्ष तथा उपाध्यक्षमा वाहेक अन्य सबै पदमा निर्विरोध भैसकेका छन् ।
अध्यक्ष पदमा अम्विका लोहनी शर्मा र कृष्ण श्रेष्ठको उम्मेदवारी परेको छ, कार्यकारी उपाध्यक्षमा डा.निरोज वस्नेत तथा विशाल भारती तथा उपाध्यक्षमा सतिशचन्द्र गुप्ता तथा भीम प्रसाद तिमल्सिनाको उम्मेदवारी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *