६ पुस २०८०, काठमाडौं
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलको जेष्ठ नागरिक संरक्षण शाखाले मन्त्रिस्तरिय निर्णय अनुसार नेपाली साहित्यमा चट्याङमास्टरका नामले सुबिख्यात कृष्णमुरारि गौतमलाई बिसं २०८० को जेष्ठ नागरिक बर्ष पुरुषको रुपमा पुरस्कृत गर्ने भएको छ । यो पुरस्कारमा नगद एक लाख रहेको छ ।
आगामि पुस ११ गते जेष्ठ नागरिक दिवसका अवसरमा सो पुरस्कार समर्पण गरिने मन्त्रालयका महिला विकास अधिकृत सन्ध्याकुमारी यादव हस्ताक्षरित पत्रमा जनाइएको छ ।