किसानको गीत!

कविता

रविन्द्र आशिष शैली

श्रम छ मेरो
खेतको गरागरामा
गौरव लाग्छ
पुर्खाको यो परम्परामा…..

झरेर तारा
बनेको धान बाला
बगेको छ संगै
सुन्दर नदिनाला……

असार रोपेर
मंसिर पलायो
पसिनाको फल
भकारीसम्म आयो…..

बलेको चुल्हो
हाँसेको परिवार
चलेको यसरी
मेरो सानो संसार…..
**

कवि परिचयः रबिन्द्र आशिष शैली तिनधारा बनेपा,काभ्रेमा जन्मेका हुन् र हाल कोटेश्वर ३२,काठमाडौमा वसोवास गर्छन् । गीत,कविता,गजल,मुक्तक,लघुकथा लगायतका विविन्न बिधामा कलम चलाउे उनका “माया महल” (गजल संग्रह २०७५), “शैलीका गीतहरु”(२०७१ )गीति संग्रह, “मध्यान्तर” मुक्तकसंग्रह (२०७७) तथा “हिडिरहेका आँखाहरु” (२०७९)कविता संग्रह प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *