२७ माघ २०८०, काठमाडौं
मुक्तिनाथ दर्शन साहित्य समाज नेपालको तेस्रो वार्षिक उत्सवका अवसरमा नेपाली भाषा,साहित्य,धर्म-सँस्कृति र मानव अधिकारकर्मीहरूलाई पुरस्कृत तथा सम्मान गरियो।
समाजका अध्यक्ष कलानिधि दाहालको सभापतित्व तथा नेपाल सरकारका पूर्व सचिव तथा समालोचक गोपी मैनालीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा १८ जना विभिन्न क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूलाई राशि नगद रू १५०००/-का विभिन्न विधाका पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
बहु विधातर्फ डा.घनश्याम न्यौपाने’परिश्रमी’,नियात्रातर्फ विजयध्वज थापा,सुसेलीका लागि दुर्गाप्रसाद अधिकारी,लघुकथातर्फ ममता मृदुल,महाकाव्यतर्फ चन्द्रप्रसाद न्यौपाने,मुक्तक अभियन्ताका लागि सुनिल धिकारी,पत्रकारिता तर्फ गान्धीराज काफ्ले,मुक्तकतर्फ अम्बिकादेवी भण्डारी,नृत्य तर्फ चक्षु भट्टराई,गजलतर्फ देवीप्रसाद शर्मा पन्थी,पत्रकारिता तर्फ विनोद दाहाल’वत्स’,मुक्तक उत्प्रेरणातर्फ मदनप्रसाद नेपाल,लघुकथातर्फ राजन सिलवाल,गजलतर्फ गिरिराज डल्लाकोटी,आख्यानतर्फ बाजुरामप्रसाद पौडेल,वेदतर्फ स्व.तिलकप्रसाद लुइँटेल(उत्तराधिकारी विभव लुइँटेल),धार्मिक अभियन्तातर्फ देवराज उपाध्याय तथा धर्म र सँस्कृति संरक्षण धरोहरतर्फ केशव अधिकारीलाई पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा समाजका संस्थापक प्रमुख संरक्षक हरिभक्त सिग्देलले पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूका बारेमा संक्षेपमा प्रकाश पारेका थिए भने समाजका अर्का संरक्षक डा.अर्जुनदेव भट्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए । समालोचक युवराज मैनाली,डा.घनश्याम न्यौपाने ‘परिश्रमी’,गान्धीराज काफ्ले,चक्षु भट्टराई,देवराज आचार्य तथा नवराज घिमिरेले शुभकामना मन्तव्य तथा लेखकीय मन्तव्य राखेका थिए।
पुरस्कृत व्यक्तित्व दुर्गाप्रसाद अधिकारी’भँवरकोटी’ले नगद रकम रू ५००००/- अक्षय कोषका लागि मुक्तिनाथ दर्शन साहित्य समाज नेपाललाई त्यसबाट प्राप्त हुने ब्याजबाट सुसेली पुरस्कार स्थापनाका लागि प्रदान गरेका थिए।
सो अवसरमा कविहरू बाजुरामप्रसाद पौडेल,विजयध्वज थापा, चक्षु भट्टराई,निर्मलरमण पराजुली लगायतका कविहरू रचना वाचन गरेका थिए।
समारोहमा समाजका साधारण सदस्य र आजीवन सदस्यहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा समीक्षक विष्णुप्रसाद पन्तले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन भैरवी भूगोलले गरेकी थिइन्।
(सुभाषचन्द्र पौडेल’भीमफेदीयाको सहयोगमा)
