अमेरिकाबाट नेपाल पुग्यो स्वास्थ्य सामाग्री

मुख्य समाचार साभार रचना

विश्वपरिक्रमा डेस्क
३१ अगस्त, वाशिंटन डिसी

एनआरएन अमेरिकाले पठाएको भनिएको स्वास्थ्य सामाग्री लिएर गएको अमेरिकी सेनाको जहाजले कोभिड १९ को उपचारमा प्रयोग हुने सामाग्रीहरु काठमाडौं पुर्याएको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासको आधिकारिक फेसबुकमा जनाइए अनुसार ती स्वास्थ्य सामाग्रीहरु गैर आवासिय नेपाली संगठन, डाइरेक्ट रिलिफ, ईण्डिया कोभिड एसओएस तथा डुटर्रा इसेन्सियल आयल्स युएसएको सौजन्यमा प्राप्त सामाग्रीहरु हुन् ।
तर यसलाई एनआरएन अमेरिकाले पठाएको भन्दै प्रचार गरिएको थियो ।
एनआरएन अमेरिकाका अध्यक्ष वुध्दी सुवेदीले आफ्नो फेसवुकमा यस्तो लेखेका थिए:
गैर आवासीय नेपाली सङ्घ अमेरिकाले पठाएका स्वास्थ्य उपकरण र सामाग्री लिएर अमेरिकी सेनाको जहाज भर्खरै त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । भोलि बुधबार सबै उपकरण र सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गर्दै छौँ । कर्म भूमि अमेरिकाबाट कोरोना महामारी विरुद्ध नेपाल र नेपालीका लागि ल्याइएका स्वास्थ्य उपकरण र सामाग्री जन्मभूमिमा टेकेर नेपाल सरकारलाई हस्तान्तरण गर्न लाग्दा केही भावुक भएको छु । अहिलेको महामारीमा नेपाल र नेपालीहरूले भोगिरहेको पीडामा यो सहयोग थोरै हो । थोरै भए पनि सहयोग गर्ने प्रयासले सार्थकता पाएको छ । यो अभियानमा जोडिनु भएका दाताहरू, सहयोगी संस्था, व्यक्तिहरू र अमेरिकी सरकारलाई नेपालको माटोमा उभिएर हृदय देखिनै धन्यवाद दिन चाहन्छु । नेपालले छिटै नै कोभिड–१९ को महामारीबाट उन्मुक्ति पाएर विकास र संवृद्धिको मार्गमा अगाडि बढ्न सकोस् । दुखमा मात्र होइन नेपाल र नेपालीको सुख संवृद्धिमा पनि गैर आवासीय नेपाली सङ्घ अमेरिका सहकार्य गर्न चाहन्छ । जय एनआरएनए ! जय मातृ भूमि !
नेपालस्थित अमेरिकी राजदूतावासले भने आफ्नो आधिकारिक फेसबुकमा यस्तो लेखेको छ:
आज अमेरिकाको ९० मिलियनभन्दा बढीको कोभीड१९ सम्बन्धी सहयोगकै क्रममा अमेरिकी Utah National Guard ले थप सहयोग नेपाल ल्याइपुर्याएको छ। गैर आवासीय नेपाली संगठन, Direct Relief, India COVID SOS, तथा doTERRA Essential Oils USA को सौजन्यमा प्राप्त यी कोभीड१९को उपचारमा प्रयोग हुने सामाग्रीहरू आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।


(Photo: US Embassay Nepal Facebook)

1 thought on “अमेरिकाबाट नेपाल पुग्यो स्वास्थ्य सामाग्री

  1. सहायता सामाग्रीहरू धेरै संस्थाले पठाएको रहेछ तर एन्आरएन् को समाचारमा उसको मात्र नाम प्रचार गर्नु नहुने । सबै संस्थालाई धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *