३ असार २०८२, काठमाडौं
साहित्य पोस्ट आख्यान पुरस्कारका लागि रमणको कथासङ्ग्रह ‘कथा हुन्, कथा हैनन्’, जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’, र बालिका वान्तावाको उपन्यास ‘प्याउली’ अन्तिम छनौटमा परेको साहित्य पोस्टले जनाएको छ ।
विसं २०८१ सालमा प्रकाशित प्रथम आख्यान कृतिका लागि यी कृति छनौटमा परेका हुन् ।
यो पुरस्कार हेतु शुरूमा ४४ कृति प्राप्त भएकोमा पहिलो चरणमा ११, दोश्रो चरणमा ५ कृति छनौटमा परेका थिए ।
यो अन्तिम छनौटमा परेका ३ कृतिमध्ये एकले ५० हजार राशीको साहित्य पोस्ट आख्यान पुरस्कार प्राप्त गर्नेछ ।
यो पुरस्कारको प्रायोजन साहित्यकार चैतन्य अधिकारीले गरेका हुन् ।
०००
