लघुकथा समाजका पुरस्कारहरुको घोषणा

मुख्य समाचार

४ मंसिर २०८०, काठमाडौं

लघुकथा समाज नेपालले हरेक वर्ष प्रदान गर्दै आएको सावित्री केशर कथा सम्मान र बाटुली खिलध्वज लघुकथा सम्मानको घोषणा गरेको छ । समाजको आइतबार बसेको बैठकले ‘सावित्री–केशर कथा सम्मान—२०८०’ कथाकार विजय चालिसेलाई र ‘बाटुली–खिलध्वज लघुकथा सम्मान—२०८०’ कथा तथा लघुकथा दुवै विधामा कलम चलाउने सर्जक मञ्जु काँचुलीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
विसं २०७३ सालदेखि प्रदान गर्न थालिएको सावित्री केशर कथा सम्मान सर्व प्रथम परशु प्रधान प्रधानलाई प्रदान गरिएको थियो । त्यसपछि भाउपन्थी, पद्मावती सिंह, सनत रेग्मी, डा. राजेन्द्र विमल, मधुबन पौडेल र वावा न्यौपाने यो सम्मान प्राप्त गरेका छन् ।
त्यस्तै विसं २०७३ बाटै प्रदान गर्न थालिएको बाटुली–खिलध्वज लघुकथा सम्मान सर्ब प्रथम २०७३ सालमा प्राडा. लक्ष्मणप्रसाद गौतमलाई प्रदान गरिएको थियो। त्यसपछि हिरण्य भोजपुरे, भागिरथी श्रेष्ठ, महेश प्रसाईं, ध्रुव मधिकर्मी, हरि प्रसाद भण्डारी, कल्याण पन्त यो पुरस्कार प्राप्त गरिसकेका छन् ।
शुरुमा दुबै पुरस्कारको राशी १५ हजार १०० रहेकोमा गत सालदेखि यसको राशी २१ हजार १०० पुर्याइएको छ ।

1 thought on “लघुकथा समाजका पुरस्कारहरुको घोषणा

  1. पुरस्कार सस्थापक, पुरष्कृत सवै बधाइका पात्र हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *