बाह्रखरी कथा लेखन प्रतियोगितामा लागि ५५ कथा छानिए

मुख्य समाचार

४ मंसिर २०८०, काठमाडौं

बाह्रखरी मिडियाले शुरु गरेको ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता’को पाँचौं शृङ्खला २०८० का लागि पहिलो चरणमा ५५ कथाहरू छनोटमा परेका छन् ।
छनोटमा परेका ५५ कथाकारहरूमा अनिल कुर्मी, अमृत दाहाल, अमृता पाठक चौलागाईं, अनामिका, अनिता कोइराला, अनिता पन्थी, अञ्जान प्रदीप, वसन्तबायुङ राई, भरतबहादुर रानाभाट, विकास दाहाल, विजय हितान, विक्रम नेपाल, दीपक लोहनी, ढाकामोहन बराल, दिव्य गिरी, डिल्लीरमण पौडेल, दिनमान गुर्मछान, डा. श्रीधर खनालका कथा रहेका छन् ।
त्यस्तै हिरा लामा, जे.एन. दाहाल, जे.बी. खत्री, जीवन खत्री, के.एस.जी. गाउँले विरोही, कृष्णराज खनाल, क्षितिज मगर, महेश चौलागाईं, मनोजबाबु पन्त, मेघु श्रेष्ठ, मोहित जोशी, निर्मल घिमिरे, निर्जला अधिकारी, प्रमोद प्याकुरेल, प्रोल्लास सिन्धुलीय, आर.सी. रिजाल, रबर्ट जोशी, राधिका कल्पित, राजेन्द्र अधिकारी, राजेश सुवेदी, रमा अधिकारी कादम्बरी, रमा सुवेदी, रमेशजंग थापा, रुमु न्यौपाने, समर्पण श्री, सञ्जय घिमिरे, शंकर धिताल, शोभा लामिछाने, शारदा खनाल पराजुली, शिव उप्रेती, समीर न्यौपाने, सोमनाथ दाहाल, सुरज श्रीवास्तव, तैँ तैँ धिताल, टंक चौलागाईं, त्रिभुवनचन्द्र वाग्ले र उमा शर्माका कथा परेका छन् ।
यो छनौट बाह्रखरीको आन्तरिक छनोट समितिले गरेको हो । यी छानएिका ५५ कथाहरूमध्येबाट प्रा.डा. सावित्री कक्षपतीको संयोजकत्वमा कथाकार महेशविक्रम शाह र उपन्यासकार सुविन भट्टराई सम्मिलित निर्णायक समूहले उत्कृष्ट २५ कथा छनोट गर्नेछ ।
आन्तरिक छनोट समितिका अनुसार सामान्यतः प्रथम चरणमा ५० कथा छानिने भए पनि यस वर्ष प्राथमिक छनोटमा समान अंक पाएका थप पाँच कथा अन्तिम चरणको छनोटका लागि समावेश गरिएको बाह्रखरीले जनाएको छ ।
यस प्रतियोगिताका लागि विश्वभरिबाट ८४३ कथा प्राप्त भएका थिए ।
सदाझैं प्रतियोगितामा सर्वोत्कृष्ट पहिलो कथालाई अघिल्ला वर्षहरू झैं एक लाख, दोश्रालाई ६० हजार र तेश्रालाई ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । संग्रहमा प्रकाशित हुने उत्कृष्ट २५ मध्येका बाँकी २२ कथालाई पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।
गत वर्षबाट शुरु गरिएको पाँच अग्रज अतिथि कथाकारका कथा राख्ने परम्परा यस वर्ष पनि निरन्तर हुनेछ र यस बर्ष भाउपन्थी, भागीरथी श्रेष्ठ, सीता पाण्डे, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा रहनेछन् ।
साथै गत बर्षबाट उत्कृष्ट कथाको पुस्तक नीजि क्षेत्रको अग्रणि प्रकाशक फाइन प्रिण्टसँगको सहकार्यमा प्रकाशित गरिने भएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *