“अरब” गीतिकाव्यको लोकार्पण

मुख्य समाचार

४ मंसिर २०८०, काठमाडौं

साहित्यिक पत्रकार संघले एक कार्यक्रमको आयोजना गरी कवि प्रेमप्रसाद भट्टराईको कृति “अरब” गीतिकाव्यको लोकार्पण सम्पन्न गर्‍यो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी.ले गर्नु भयो ।
वरिष्ठ कवि प्रल्हाद पोखरेल र समालोचक डा. शान्ति गिरीले लोकार्पित कृति “अरब” गीतिकाव्यबारे समीक्षात्मक मन्तव्य राखेका थिए ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. सुरेन्द्र के. सी., अध्यक्ष राधेश्याम लेकाली, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य – सचिव धनप्रसाद सुवेदी, नायक नवल खड्का, साझा प्रकाशनका लवप्रसाद भण्डारीलगायतले आआफ्नो मन्तव्य राखेका थिए । सो अवसरमा कवि प्रेमप्रसाद भट्टराईलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा अनेसास केन्द्रीय समितिकी उपाध्यक्ष डा. रेणु थापा सोलु र चर्चित संगीतकार नरहरी प्रेमीले लोकार्पित कृतिबाट गीत गाएका थिए ।

कार्यक्रममा कलाकार कृपा भट्टराईले नृत्य प्रस्तुत गरेकी थिइन् ।
सो विमोचन समारोहको संचालन निबन्धकार श्रीबाबु कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *