मोहन दुवाल ‘दशरथ चन्द स्मृति पुरस्कार’द्वारा पुरस्कृत

मुख्य समाचार

१६ माघ २०८०, चितवन

अनुसन्धानमूलक साहित्यिक–साँस्कृतिक त्रैमासिक पत्रिका ‘हाम्रो सिर्जना’ले सहिद दिवसको दिनमा प्रदान गर्दै आएको ‘दशरथ चन्द स्मृति पुरस्कार’बाट काभ्रे बनेपाका मोहन दुवाललाई प्रमुख अतिथि जिसस प्रमुख नारायणप्रसाद अधिकारीले एक समारोहका वीच समर्पण गरे ।
साहित्यकार दुवाल जनमत मासिक साहित्यिक पत्रिकाका प्रधानसम्पादक हुन् ।
सहिदको बलिदानी भावानाप्रति उच्च सम्मान प्रकट गर्नका लागि वरिष्ठ साहित्यकार प्रध्यापक आनन्ददेव भट्ट र सुशीला भट्टले अक्षयकोष स्थापना गरी यो पुरस्कार प्रदान गर्न थालिएको हो ।
दुवालले सहिद शुक्रराज शास्त्रीको चिन्तन प्रधान कृति ‘स्वर्गको दरबार’लाई जनमतमा धारावाहिक रूपमा प्रकाशित गरेका कारण पुरस्कृत गरिएको हो । १९८६ सालमा प्रकाशित भएको शास्त्रीको उक्त कृति चर्चाभन्दा बाहिर रहेर सबैले भुल्दै गएको अवस्थामा दुवालले ‘जनमत’को ११७ देखि १३७ अंकसम्म प्रकाशित गरेका थिए तथा विस २०६६ सालमा दुवालले सो कृतिलाई पुस्तकका रूपमा प्रकाशित गरेका थिए ।
पुरस्कारको राशि नगद १५ हजार रुपैयाँ रहेको छ ।
पुरस्कृत व्यक्तित्वका बारेमा प्राध्यापक कपिल अज्ञातले प्रकास पारेका थिए ।
अनुसन्धानमूलक साहित्यिक–साँस्कृतिक त्रैमासिक पत्रिका ‘हाम्रो सिर्जना’डीआर पोखरेलले चितवनबाट प्रकाशित गर्दै आएका छन् र पत्रिकाको माध्यमबाट यस्तै साहित्यिक र साँस्कृतिक कार्य पनि आयोजना र सञ्चालन गर्दै आएका छन् ।

०००

 

 

Leave a Reply