( स्रष्टाहरुले यस वर्षको दशैं कसरी मनाए ? विश्वपरिक्रमाले विभिन्न स्रष्टाहरुसँग ३ प्रश्न राखेको थियो । प्रस्तुत छ, कथाकार अमर शाहको जवाफ)
यस वर्षको दशैं कसरी मनाउनु भयो ?
यस वर्ष काकाका छोरा दुईजनाको मृत्यु भएको कारण सामाजिक प्रचलन अनुसार मैले दशैंको टीका लगाइन ।
घुमघाम गर्न कतै जाने कार्यक्रम पनि बनेन । तसर्थ, यस वर्षको दशैँ मेरोलागि दशैं जस्तो विशेष रहेन ।
दशैंको बेला कुनै किताब पढ्नु भयो ?
हाल व्यावसायिक पूर्णकालीन काम नभएको र दशैको टीका पनि नभएकोले दशैंको बिदाको समय पहिले खरिद
गरेर पनि पढ्न नसकिएका पुस्तक पढ्न लगाउन भने सकें । विशेष गरी दशैंको अवधिमा मित्र गोविन्द गिरी
प्रेरणाजीको करिब एक वर्ष पहिले प्रकाशित बहुचर्चित पुस्तक सुश्री पारिजात र मित्र नरेन्द्र जंग पिटरजीको
केही समय पहिले प्रकाशित पुस्तक बकपत्र पढेर सके । दुवै पुस्तक अत्यन्त महत्वपूर्ण छन् । पुस्तक पढेर
दुवै मित्रलाई आफ्नो प्रतिक्रिया पनि दिएको छु ।
दशैको बेला कुनै नया रचना सिर्जना गर्नु भयो?
रचन सिर्जना गर्ने सवालमा म खासै सक्रिय नभए पनि यो अवधिमा बर्बाद देशको कुरा शीर्षकमा एउटा
कविता भने लेख्न सकें । देश खत्तम भयो र अब देश र यो देशमा बस्नेको कुनै भविष्य छैन भन्ने
भाष्य तयार भैरहेको सन्दर्भमा छ यो कविता ।
०००
Amazing Interview