कृष्ण धरावासीलाई ५ प्रश्न

अन्तरवार्ता

( पौराणिक पात्र राधामा आधारिक “राधा” उपन्यासका लागि विसं २०६२ सालको मदन पुरस्कार प्राप्त साहित्यकार कृष्ण धरावासी अहिले अमेरिका बसाइमा छन् । लेखन र सामाजिक सञ्जालमा सकृय उनको नयाँ कृति निबन्ध सङ्ग्रह “अक्षरको आकाश” प्रकाशनको क्रममा छ । विसं २०८० को जेठ महिनामा उनको साहित्यिक गतिविधिका विषयमा ५ प्रश्न र तिनका उत्तर प्रस्तुत छ ।)

१, गत महिना अर्थात् २०८० जेठ महिनामा  कतिवटा कुनकुन साहित्यिक कार्यक्रममा भाग लिनु भयो र कति उपलब्धिपूर्ण लागे ?

जेठ महिनामा मैले कुनै साहित्यिक कार्यक्रममा भाग लिइनछु ।

२, गत महिना कुनकुन किताब पत्रिका पढ्नु भयो र कस्तो लाग्यो ?

गत महिना मैले सूर्यबहादुर थापाको आत्मकथा मेरो नौ दशक, डा. भगवान कोइरालाको हृदय, बुद्धिसागरको एक्लो, गोविन्द गिरी प्रेरणाको उत्खनन, कृष्ण प्रसाईको सम्झनामा तारानाथ शर्मा, साझा प्रकाशनबाट प्रकाशित विलयन लेखन पढियो ।

३, गत महिना कुनै साहित्यिक विवाद थाहा पाउनु भयो ? थाहा पाउनु भएको भए तपाईंको प्रतिकृया कस्तो रह्यो ?

त्यस्तो विवाद खासै थाहा पाइएन ।

४, गत महिना तपाईंले के के लेख्नु भयो र के के लेख्ने योजना बनाउनु भयो ?

म विगत एक वर्षदेखि कृति लेखनमा व्यस्त थिएँ ।तिसौं कृतिको रूपमा अक्षरको आकाश निबन्धसंग्रह प्रेसमा पुगेको छ । मेरोआत्मकथाको तेस्रो भाग लेखाइको अन्तिम चरणमा पुर्याएको छु ।केही लेखहरू लेखेको छु । आफ्नै युटुव च्यानलमा विभिन्न भिडियोहरूअपलोग गरें ।लेखिरहेको संस्मरणलाई निरन्तरता दिने काममा लागिरहेको  छु ।

५, गत महिना तपाईंको पुस्तक वा कुनकुन पत्रिकामा के के रचना प्रकाशित भए ?

केही अनलाइनहरूमा लेखहरू छापिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *