श्रष्टाको दशैं ; ३  चन्द्र गुरुङ

अन्तरवार्ता

( स्रष्टाहरुले यस वर्षको दशैं कसरी मनाए ? विश्वपरिक्रमाले विभिन्न स्रष्टाहरुसँग ३ प्रश्न राखेको थियो । प्रस्तुत छ, कवि चन्द्र गुरुङको जवाफ)

 

यस बर्षको दशैं कसरी मनाउनु भयो ?

म  पूर्वी नेपालको चर्चित शहर धरानमा बस्छु । तर मेरो पुर्खौली गोरखा जिल्ला हो । यसपटक दशैंमा आफ्नो जन्मस्थल गोरखा  परिवारसित आएको थिएँ । बाआमा, भाइबुहारी र नातागोतासित रमाइलो रह्यो यसपटकको दशैं ।

दशैंको बेला कुनै किताव पढ्नु भो ?

मित्र प्रकाश थाम्सुहाङकाे नयाँ निबन्धकृति “शब्दथुम” पढें । यो धेरै राम्रो कृति छ ।  व्यक्तिविम्ब, चिन्ता-चिन्तन र आत्ममन्थन ३ खण्डमा विभाजित २४ थान निबन्धहरू छन् । जसले प्रकाशलाई एक गम्भीर पाठक र लेखक भएको प्रमाणित गर्छ ।

दशैंको बेला कुनै नयां रचना सिर्जना गर्नु भो ?

छैन । नयाँ लेखन केही भएको छैन । अब धरान फर्केर केही नयाँ कविता, अनुवाद र लेख आउने पक्का छ ।

०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *