साहित्य सदनको अध्यक्षमा डा. हेमनाथ पौडल निर्वाचित

समाचार

१४ असोज २०८०, काठमाडौं

साहित्य सदन नेपालको पाँचौँ साधारण सभाले प्रा.डा.हेमनाथ पौडेलको अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा मित्रलाल पंज्ञानी, सचिवमा प्रह्लाद पोखरेल, सहसचिवमा कृष्ण सुवेदी , कोषाध्यक्षमा वसन्त रिजाल तथा कार्रकारी सदस्यहरुमा विमल अर्याल, सीता भट्टराई, नवराज चालिसे, मणिराज लामिछाने, डा.गीता त्रिपाठी, केशव सिलवाल, रमेश खनाल, त्रिलोचन आचार्य, माधवलाल श्रेष्ठ, श्याम खतिवडा, सुनीता बुढाथोकी तथा विश्वनाथ तामाङ
निर्वाचित भएका छन् ।
अध्यक्ष लगायत सम्पूर्ण कारयसमिति सर्वसम्मत रूपमा चयन भएका हुन् ।
साहित्य सदन नेपालको स्थापना २०४२ सालमा जनस्तरको प्रज्ञा-प्रतिष्ठानका रूपमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *